भारतमा काेराेना संक्रमितकाे संख्या ३ कराेड नाघ्याे

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । 

पछिल्लो २४ घन्टामा थप ५० हजार ८४८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमित हुनेको संख्या ३ करोड नाघेको हो । 

यसै गरी पछिल्लो २४ घन्टामा भारतमा थप १ हजार ३५८ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा हालसम्म ३ लाख ९० हजारभन्दा धेरैको ज्यान गएको छ ।

६८ हजार ५२९ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । ६ लाखभन्दा धेरै संक्रमितको उपचार चलिरहेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा ५३ लाखभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार ८० लाखभन्दा धेरैले खोप लगाएका थिए । 

भारतमा अहिले १० प्रदेशमा पूर्ण लकडाउन गर्दा २१ राज्यमा भने आंशिक लकडाउन भइरहेको छ । तेलंगाना राज्यले भने जुन २० बाट लकडाउन पूर्ण रूपमा हटाइ देशकै पहिलो प्रदेश बनेको छ । 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार ९:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया