आज यी नदीमा बाढी आउन सक्ने

देशमा मनसुन भित्रिएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट धनजनको क्षति भएको छ । मनसुन जारी नै रहेकाले अझै पनि केही क्षेत्रमा बाढीको जोखिम रहेको बाढी पूर्वानूमान महाशाखाले बताएको छ ।

प्रदेश-१ मा बाढीको उच्च जोखिम रहेको छ ।  महाशाखाका अनुसार आज कन्काइ, कमला, कोशी र यसका सहायक नदीमा बहाब उल्लेख्य मात्रामा बढ्नेछ ।

बारा, पर्सा, रौतहट, सिराहा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, सिन्धुली, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, नवलपुर, गुल्मी, पाल्पा, कपिलवस्तु, रुकुम, रोल्पा, प्युठान, डोटी र अछाम जिल्लाका नदीमा बहाब केही बढ्ने र केहीमा बाढी आउने पूर्वानुमान गरिएको छ ।

हेर्नुहाेस् बाढी महाशाखाकाे अनुमान 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १०:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया