युरो कप : फ्रान्स र पोर्चुगलको हेभिवेट भिडन्त

युरो कप अन्तर्गत बुधबार दुई बलिया टोली विश्वकप विजेता फ्रान्स र साविक युरो कप विजेता पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् । खेल हंगेरीको बुडापेस्टमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

ह्युगो लोरिसको कप्तानीमा मैदान उत्रिने फ्रान्स पोर्चुगललाई हराउँदै समूह ‘एफ’ को शीर्ष स्थानमा कायम रहने प्रयासमा हुनेछ । अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्स दुई खेलमा समान १ जित र बराबरीको नतिजासहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।
 
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रिने पोर्चुगल पनि फ्रान्सलाई हराउँदै नक आउट चरणमा पुग्ने सोचमा हुनेछ । तर फ्रान्सलाई हराउन त्यति सहज भने हुने छैन ।

बराबरीले पनि उ अघिल्लो चरणमा पुग्ने छ । तर हारले भने अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । पोर्चुगल २ खेलमा समान १ जित र हारको नतिजासहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।

फ्रान्स र पोर्चुगलले हालसम्म २७ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा फ्रान्सले १९, पोर्चुगलले ६ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक सन् १९२६ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा फ्रान्स ४-२ ले विजयी भएको थियो ।

युइएफए नेसन्स लिग अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा फ्रान्स १-० ले विजयी भएको थियो । इतिहासमा फ्रान्स बलियो देखिए पनि स्टार खेलाडीले भरिएका दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १०:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया