'संसद पुनःस्थापना गरेर संविधान र लोकतन्त्र ट्रयाकमा ल्याऊँ !'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विघटित प्रतिनिधिसभालाई पुनःस्थापित गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आह्वान गरेका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि आह्वान गरेका हुन् । महामारी नियन्त्रणमा पूरै शक्ति लगाउनुपर्ने समयमा राजनीतिक खाल्डो खन्ने र पुर्नेमा व्यस्त रहनुपरेको उनको भनाइ छ । 

डा. भट्टराई लेख्छन्, 'अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्, हामी चाँही कोही खाल्डो खनिरहने, अरू पुरिरहने खेलमै समय÷शक्ति खर्चने भयौँ ।'

डा. भट्टराईले अदालत, राजनीतिक दल र नागरिक सबैले आआफ्नो धर्म निभाउँदै अगाडि बढ्नुपर्ने बताए । भट्टराईको आह्वान छ, 'अब त चेतौँ – छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनःस्थापना गरेर संविधान÷लोकतन्त्र ट्रयाकमा ल्याऊँ !'

 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १०:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया