युवा स्टार केलियन एमबाप्पे र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको सम्झौता सकिन १२ महिना मात्र बाँकी छ । तर, अहिलेसम्म नयाँ सम्झौता भने हुन सकिरहेको छैन ।
पछिल्लो समय एम्बाप्पेको नाम स्पेनिस महारथी रियल मड्रिडसँग जोडिदै आएको छ । रियल जान इच्छुक रहेकाले उनले नयाँ सम्झौता गर्न नमानेको विभिन्न सञ्चारमाध्यमले बताउँदै आएका छन् ।
पिएसजी कुनै पनि हालतमा एमबाप्पेलाई अन्यत्र पठाउने सोचमा छैन । यता रियल उनलाई भित्र्याउने प्रयास गरिरहेको छ ।
एमबाप्पेले क्लब छाड्न चाहेको कुरा पिएसजीलाई जानकारी गराए पनि क्लबका अध्यक्ष नासिर अल खलिफा भने उनलाई क्लबमै राख्ने प्रयासमा छन् ।
एबाप्पेले पिएसजी छाड्ने मनस्थिति बनाइ सकेकाले उनको पेरिस बसाइ अनिश्चित बनेको छ ।
फ्रेन्च फरवार्ड एमबाप्पे यति बेला युरो कपमा व्यस्त छन् । के उनले युरो कपपछि केही निर्णय गर्लान् त भन्ने प्रश्न खडा भएको छ ।
एमबाप्पेको निर्णय जे आए पनि तत्काललाई भने पिएसजीलाई उनीसँगको नयाँ सम्झौता मुख्य चिन्ताको विषय बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।