युरो कप : जित्नै पर्ने दवावमा स्पेन

युरो कप अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा स्पेनले बुधबार घरेलु मैदानमा स्लोभाकियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ ।

स्लोभाकियाविरुद्ध मैदान उत्रिँदा स्पेनलाई अन्तिम १६ मा स्थान बनाउन जित्नै पर्ने दवाव छ । हारले उसको यात्रा समूह चरणबाटै अन्त्य हुनेछ भने बराबरीले अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । 

जोर्डी अल्बाको कप्तानीमा मैदान उत्रने स्पेन २ खेलबाट २ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । जित वा बराबरीले पनि स्लोभाकिया नकआउट चरणमा प्रवेश गर्नेछ । हारले भने अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

मारेक ह्यामसिकको कप्तानीमा मैदान उत्रने स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ । ६ वर्षपछि एक अर्काको सामना गर्न लागेका स्पेन र स्लोभाकियाले हालसम्म ६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् ।

स्पेनले ४ र स्लोभाकियाले १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको छ । उनीहरुले पहिलोपटक सन् १९९६ मा एक अर्काको सामना गरेका थिए । 

विश्वकप अन्तर्गत भएको उक्त भेटमा स्पेनले ४–१ को जित दर्ता गरेको थियो । युरो कप छनोट अन्तर्गत सन् २०१५ मा भएको पछिल्लो भेटमा स्पेन २–० ले विजयी भएको थियो ।



इतिहासमा बलियो देखिएपनि पछिल्ला खेलमा लय गुमाएको स्पेनका लागि स्लोभाकिया युरो कप यात्रामा बाधक बन्न सक्छ ।  

समूह ‘ई’ अन्र्तगत बुधबारै हुने खेलमा स्विडेनले पोल्यान्डको समाना गर्नेछ । खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ । 



  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १२:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया