दक्षिणकालीमा मृत फेला परेकी युवतीको पहिचान
युट्युबमा थरी थरीका आवाज निकालेर चर्चामा थिइन्

दक्षिणकाली मन्दिर नजिकै शौचालयमा मृत अवस्थामा फेला परेको शवको पहिचान भएको छ । शव थरीथरीका आवाज निकाली चर्चामा आएकी २५ वर्षीया सन्तोषी सुब्बाको भएको प्रहरीले बताएकाे छ । 

सुब्बा धनबहादुर तामाङसँग कालोपुलमा बस्दै आएकी थिइन् । तामाङले उनलाई धर्मछाेरी बनाएर लामो समयदेखि आफूसँगै राखेका थिए । 

तीन दिनदेखि सम्पर्कविहीन रहेकी सुब्बाको शव दक्षिणकाली मन्दिरस्थित पार्किङ सँगैको ट्वाइलेटमा  हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी धनबहादुरलाई गँगटो खोज्न जान्छु भन्दै  निस्किएकी थिइन् । एसएसपी सिंहका अनुसार उनको शव घाँटीमा सलले कस्सिएको  र अनुहार चिन्नै नसक्ने गरी किचिएको अवस्थामा फेला परेको थियाे ।

प्रहरीले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । 

अवैध सम्बन्धका कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा अवैध सम्बन्धका कारण घटना गरेको देखिएको छ । थप पोष्टमार्टम रिपोर्टपछि थाहा हुनेछ’, एसएसपी सिंहले भने । 



घटनास्थलको प्रकृति हेर्दा शौचालय बाहिर झगडा परेको देखिएको छ । अभियुक्तले पहिचान लुकाउनका लागि क्रुर तरिकाले हत्या गरेको देखिएको उनले जानकारी दिए ।

सुब्बाले गलाबाट थरी थरीका आवाज निकाल्दै चर्चामा आएकी थिइन् । उनका केही भिडियोसमेत युट्युबमा छन् । 



  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १३:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया