जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले रूपा सुनारले जातपातजन्य विभेदमाथि गरेको विद्रोहलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।
भट्टराईले ट्विट गर्दै रूपालाई साथ दिनुपर्ने बताएका हुन् ।
उनले ट्विट गर्दै भनेका छन्– ‘रूपा सुनारलाई व्यक्तिगत रूपमा चिन्दिनँ । तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएकी दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरुद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षहरूले साथ दिनैपर्छ । यसमा कसैले पनि किन्तु परन्तु नगरौँ ।’
टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले जातका कारण आफूले कोठा नपाएको बताएपछि जातपातको विषयले निकै चर्चा पाएको थियो ।
जातकै कारण कोठा नदिएको आरोपमा बबरमहल घर भएकी घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरिएको थियो । अहिले भने उनलाई रिहा गरिएको छ ।
रूपा सुनार @RupaSunar4 लाई ब्यक्तिगत रूपमा म चिन्दिनॅ। तर नेपाली समाजको सबभन्दा पिंधमा पारिएको दलित समुदायको पनि पिंधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ।यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं! pic.twitter.com/juHrB0Kr8O
— Baburam Bhattarai (@brb1954) June 23, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।