जुलुंगोले पायो उत्कृष्ट जुरी अवार्ड

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेन्द्रप्रसाद खत्रीले निर्देशन गरेको जुलुंगो (स्केरक्रो) पुरस्कृत भएको छ । कोरोना महामारीका कारण भर्चुअल रूपमा सम्पन्न भएको महोत्सवमा योसहित ६ वटा फिल्म पुरस्कृत भएका छन् ।

जुलुंगोले लघु फिल्म तर्फको उत्कृष्ट जुरी अवार्ड जितेको हो । त्यस्तै लघु फिल्मतर्फ नै प्याट हेवुड र जेमिल मेगिनिसको ‘ग्रामर्सी’ले पनि अवार्ड जितेको छ । त्यसै गरी रामदास कदावल्लुरको  फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ

उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ लाई र उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ’, ‘दिस इज माइ लास्ट फिल्म अबाउट यू’लाई प्रदान गरिएको छ । लेमोह्याङ जेरिमाया मोसेजद्वारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड पनि प्राप्त गरेको छ ।

नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको यो महोत्सवमा १४ देशका ३० वटा चलचित्र निशुल्क प्रदर्शन गरिएको थियो । १७ जुनदेखि सुरु भएको महोत्सव २० जुनसम्म चलेको थियो ।





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १४:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया