नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमले यसअघि जेठ २२ गते मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। बुधबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो।
अब पेट्रोल प्रतिलिटर १२७, डिजेल र मट्टीतेल ११० र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।