बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान खुल्यो, आन्तरिक उडान असार १७ पछि

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि अन्तर्राष्ट्रिय र असार १७ गतेपछि आन्तरिक उडान गर्ने जानकारी गराएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले सो सूचना जारी गरेको हो ।  

सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रालयलाई नै दिइएको थियो । 

मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको छ भने अन्तर्राष्ट्रिय उडान भने बिहीबारदेखि नै खोल्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत कम मात्र उडान गर्नेगरी व्यवस्था मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो । 





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार २०:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया