सर्वोच्च अदालतले मंगलबार २१ र २७ जेठमा विस्तारित मन्त्रिपरिषद्लाई असंवैधानिक भनेसँगै त्यति बेला नियुक्त भएका मन्त्रीहरुले अब सरकारी निवास छोड्न सुरु गरिसकेका छन् ।
यही क्रममा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सरकारी निवास बुधबार नै छोडिसकेका छन् । उनले सरकारी गाडी र अन्य मन्त्री निवासका सामानहरु पनि बुधबार नै बुझाइसकेका छन् ।
‘अदालतको निर्णय गलत हुनसक्ला तर हामीले अदालतको निर्णयलाई मान्नु पर्छ,’ निवर्तमान गृहमन्त्री अधिकारीले फरकधारसँग भने, ‘अदालतले अन्तरिम आदेश दिएसँगै मैले सरकारी सेवा सुविधा लिन नहुने भन्दै मन्त्री निवास छोडेको हुँ, गाडी बुझाएको हुँ ।’
अधिकारीले निष्ठाको राजनीतिमा आफू चुक्न नचाहने र देश र जनताका लागि पदमा नहुँदा पनि दिनरात आफू खटिने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।