युरो कप : समूह ‘इ’ बाट स्विडेन विजेता र स्पेन उप विजेताका रूपमा अन्तिम १६ मा

युरो कप अन्तर्गत बुधबार राति भएको समूह ‘इ’ को अन्तिम खेलमा स्पेन र स्विडेनले आफ्नो खेलमा जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन् । 

घरेलु मैदानमा स्पेनले स्लोभाकियमाथि ५-० को सानदार जित दर्ता गर्‍यो । स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट, पाब्लो सराबिया र फेरान टोरेसले १–१ गोल गर्दा २ गोल आत्मघाती उपहार पायो ।

१२ औँ मिनेटमा स्पेनमा एल्भारो मोराटाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा स्पेनले अग्रता लिन सकेन । उनले पेल्टी प्रहारलाई स्लोभाकियाका गोलरक्षक मार्टिन डुब्राभ्काले उत्कृष्ट बचाउ गरे ।

३० औँ मिनेटमा स्लोभाकियाका गोलरक्षक मार्टिनले अत्मघाती गोल गर्दा स्पेनले अग्रता लियो । स्पेनका पाब्लो सराबियाको प्रहारमा क्रसबारमा लागेर फर्किएको बललाई नियन्त्रण गर्न खोज्दा उनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

पहिलो हाफको थप गरिएको समयमा लापोर्टले स्पनेका लागि पहिलो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

५६ औँ मिनेटमा सराबिया र ६७ औँ मिनेटमा टोरेसले गोल गर्दा स्पनेले ४-० को आरामदायी अग्रता बनायो ।



७१ औँ मिनेटमा जुराक कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५-० को सहज जित हात पारेको हो । फेरान टोरेसको हेडर कुच्काको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

सानदार जितसँगै स्पेन १ जित र २ बराबरीको नतिजासहित ५ अंकका साथ उप विजेताका रूपमा नकआउट चरणमा पुग्दा १ जित र २ हारको नतिजा सहित ३ अंकका साथ तेस्रो स्थानमा रहेको स्लोभाकिया बाहिरिएको छ । 



रूसकोे सेन्ट फिटर्सबर्गका भएको अर्को खेलमा स्विडेनले पोल्यान्डमाथि ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । 

स्विडेनको जितमा इमिल फोर्सबर्गले २ र भिक्टोर केलसनले १ गोल गर्दा पोल्यान्डका रोवर्ट लेवान्डोस्कीले २ गोल फर्काए । 

खेलको दोस्रो मिनेटमै फोर्सबर्गले स्विडेनलाई अग्रता दिलाएका थिए । ५८ औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ६१ र ८४ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २-२ को रोमाञ्चक स्थितिमा ल्याए ।

थप गरिएको समयमा केलसनले गोल गर्दै स्विडेनको जित पक्का गरे ।

जितसँग पोल्यान्ड २ जित र १ बराबरीको नतिजासहित ७ अंक जोडेर समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान पुग्दा २ हार र १ बराबरीसहित १ अंकका साथ अन्तिम स्थानमा रहेको पोल्यान्ड बाहिरिएको छ ।

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ६:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया