युरो कप : समूह ‘एफ’ बाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा

युरो कप अन्तर्गत बुधबार भएका समूह ‘एफ’का दुवै खेल २-२ को बराबरीमा सकिएका छन् । फ्रान्सले पोर्चुगल र जर्मनीले हंगेरीसँग बराबरी खेलेका हुन् । 
हंगेरेको बुडापेस्टमा भएको खेलमा फ्रान्स र पार्चुगलले निकै नाटकीय बनेको खेलमा २-२ को बराबरी खेले । खेलका ४ मध्ये ३ गोल पेनाल्टीमार्फत सम्भव भएको थियो । 
फ्रान्सका लागि दुवै गोल करिम बेन्जिमा र पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । 
३१ औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टी मार्फत् गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले डि बक्सभित्र डानिल पेरिएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो ।
पहिलो हाफको थप गरिएको समयमा बेन्जिमाले पोनाल्टीमार्फत् नै फ्रान्सका लागि बराबरी गोल फर्काए । पोर्चुगलका नेल्सन सिमेडोले डिबक्स भित्र केलियन एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । 
४८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेन्जिमाले फ्रान्सलाई २-१ को अग्रता दिलाए । उनले पउल पोग्बाको पासलाई सदुपयोग गरेका थिए ।
६० औँ मिनेटमा पेनाल्टीमार्फत् दोस्रो गोल गर्दै रोनाल्डोले पोर्चुगललाई २-२ को बराबरीमा ल्याए । फ्रान्सका जुलेसले डिबक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई उनले खेर जान दिएनन् । 
बराबरीसँगै १ जित र २ बराबरीको नतिजा निकनलेको फ्रान्स ३ खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’को विजेताका रूपमा अन्तिम १६ मा पुग्यो ।
समान १ जित, हार र बराबरीको नतिजा निकालेको पोर्चुगल पनि ४ अंकका साथ तेस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्‍यो ।
बुधबार राति नै घरेलु टोली जर्मनीले पनि हंगेरीसँग २-२ को बराबरीमा रोकिँदै समूह ‘एफ’को उप विजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गर्‍यो ।
एलिनाज स्टेडियममा खेलको ११ औँ कप्तान मिनेटमा एडम स्जालाइले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्ड सलाइको पासलाई सदुपयोग गरे ।
६६ औँ मिनेटमा माट हुमेल्सको पासमा काई हाभर्टेजले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । ६८ औँ मिनेटमा आन्द्रे सेफरले गोल गरेपछि हंगेरी २-१ ले अघि बढ्यो ।
८४ औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए । 
बराबरीसँगै समान १ जित, हार र बराबरीको नतिजासहित ४ अंक जोड्दै जर्मनी समूह ‘एफ’को उप विजेताका रूपमा नक आउट चरणमा प्रवेश गर्दा अन्तिम स्थानमा रहेको हंगेरीले १ हार र १ बराबरी सहित २ अंक जोड्यो ।
 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ६:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया