कविताको सिनेमाटिक ट्रान्सफर्मेसन

काठमाडाैं- कवि तथा लेखक हेमप्रभासले विकास थापाको कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ को निर्देशन गरेका छन् । फिल्म निर्देशनको औपचारिक अध्ययनमा रहेका हेमले कविताको सिनेमाटिक ट्रान्सफर्मेसन गरी काव्यिक अन्तर्लयलाई जनमानसमा पुर्याउने ध्येले यस प्रकारको कार्य अघि बढाएको बताएका छन् ।

कविताको भावअनुसार नायक पुष्पल खड्का र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । पुष्प भन्छन्, ‘मैले केही चलचित्र र सयौं म्युजिक भिडियोमा अभिनय गरें, तर यसपटक अर्कै किसिमको अनुभव भयो । कवितामाथि यो मेरो डेब्यु प्रोजेक्ट हो, केही राम्रो अवश्य हुने अपेक्षा गरेको छु ।’ 

आफूले पनि अन्य चलचित्र र भिडियोहरूमा भन्दा अझ बढी उत्साहका साथ कवितामाथि अभिनय गरेकाले यसको प्रतिफल राम्रै आउनेमा आशावादी रहेको वर्षा बताउँछिन् ।

अहिलेको डिजिटल युगमा कवितालाई सिनेमाटिक अप्रोचमार्फत विश्वबजारमा पु¥याउने निर्देशक हेमको लक्ष्य छ । उनी भन्छन्, ‘कविता हृदयको संवाद हो, यसले समाज, प्रकृति र संस्कृतिको त्रिकोणात्मक सम्बन्धलाई सुसूचित गर्ने हुनाले हामी डिजिटल मिडियामा जान ढिलो गर्नु हुँदैन । आममानिसको हृदयको भाषा र संवेदनालाई विश्वव्यापीकरण गर्नुपर्छ ।’

छायाछवि क्रियसन र कान्तिपुर फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुँदै गरेको यो कविता सुदीप सागरले एरेन्ज गरेका हुन् भने मिक्सिङ साउन्ड डिजाइन स्टुडियोका भोला पौडेलको रहेको छ । वीरेन्द्र भाट विपिनको सिनेमाटोग्राफी रहेको यस प्रोजेक्टको छायांकन काठमाडौं चोभारमा भएको हो ।
 





  • प्रकाशित मिति : असोज ७, २०७५ आइतबार ११:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया