गोकुल बाँस्कोटा भन्छन्, 'विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लागेको आशंका व्यक्त गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो आशंका व्यक्त गरेका हुन् । 

बाँस्कोटाले विपक्षी गठबन्धन संविधान अनुसार उल्लेख गरिएको र आफैले लडेर ल्याएको दलीय व्यवस्थाका विरुद्धमा सडकमा ओर्लिएको हो भन्दै प्रश्न गरेका छन् । उनले अहिलेको सडकमा रहेको गठबन्धन आफ्नै विरुद्धमा रहेको उनको धारणा छ । 

गोकुलले सोधेका छन, 'विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनःस्थापनाका लागि सडकमा हो ?' 

बाँस्कोटाले संविधानको धारा ७६ को उपधारा २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टीको टिकटबाट बन्ने सांसद र सरकारको सम्बन्ध नै नरहने बताए । उनले अहिले विपक्षी गठबन्धन सोही विषयमा वकालत गरिरहको हो भन्दै प्रश्न गरे ।

बाँस्कोटाले अहिले संविधानको धारा र उपधारामा विपक्षी गठबन्धनको विश्लेषण हेर्दा उनीहरु निर्दलीय व्यवस्थाका लागि सडकमा उभिएको देखिएको बताए । बाँस्कोटा लेख्छन्, 'त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो ।'



 



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १२:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया