अफ्रिकी टेलिभिजनमा प्रत्यक्ष समाचार पढिरहेको समयमा एक समाचार प्रस्तोताले आफुहरुले तलब नपाएको बताएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ ।
अफ्रिकी मुलुक जाम्बियाको केबिएन टेलिभिजनका प्रस्तोता कविन्दा कालिमिनाले समाचार पढ्दै गर्दाको समयमा आफूहरुले तलब नपाएको बताएपछि उक्त विषयले चर्चा पाएको हो ।
केबिएन टेलिभिजनमा जुन १९ का दिन प्रसारण भएको समाचार बुलेटिन वाचन गर्ने क्रममा समाचार वाचक कालिमिनाले आफ्ना साथीहरु सँगै आफूले टेलिभिजनबाट तलब नपाएको खुलासा गरेका थिए ।
उनले समाचार पढ्ने क्रममा मुख्य समाचारका शीर्षकहरु पढिसकेपछि आफूले समाचार पढिरहेको टेलिभिजनले कर्मचारीलाई तलब नदिएको बताएका थिए । उनले आफूसहित आफ्ना साथीहरुले तलब नपाएको उल्लेख गरेका हुन् ।
आफूहरुले तलब नपाएको खुलासा गर्ने क्रममा उनले यसरी सुरुवात गरेका थिए, ‘समाचारबाहेक महिला तथा सज्जन वृन्द, हामी पनि मानव हौँ, हामीले भुक्तानी पाउनुपर्छ । दुर्भाग्यवश केबिएन टेलिभिजनमा हामीले भुक्तानी पाएका छैनौँ ।’
कालिमिनाले समाचार पढ्दै गर्दा आफूले तलब नपाएको खुलाउन पुगेका थिए । यहाँ उनले बोलेको हेर्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।