महामारीमा हेलिकप्टरमा सवार मुख्यमन्त्रीलाई गृह जिल्लामा कालो झण्डा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृह जिल्ला कालिकोटमा कालो झण्डा देखाइएको छ । नेकपा एमाले निकट युवा विद्यार्थीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही बुधबार (हिजो) मात्रै स्थानीय तहको बजेट ल्याउने कार्यक्रममा सहभागी हुन कालिकोट पुगेका थिए ।

अनेरास्ववियु, नेपाल राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले कोरोना महामारीमा हेलिकप्टर चढेर सरकारी बजेटको चरम दुरुपयोग गरेको भन्दै विरोध जनाएका हुन् । कालिकोटको मान्म बजारमा उनीहरूले बिहीबार दिउँसो २ बजेतिर चर्को विरोध गरेका थिए ।                       

विरोध प्रदर्शन गर्ने अनेरास्ववियु कालिकोटका संयोजक धर्म शाही, सह-संयोजक मीनराज न्यौपाने र राष्ट्रिय युवा संघ कालिकोटका अध्यक्ष ज्ञानेन्द्र शाहीलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता भूपेन्द्र शाहीले जानकारी दिए । मुख्यमन्त्री शाहीको टोली आज वीरेन्द्रनगर फर्किने कार्यतालिका रहेको छ ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया