सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गते राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको हो ।
कर्णालीमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै असार एक गतेबाट भने केही खुकुलो बनाइएको छ । बजार क्षेत्रमा व्यापारीहरूले बिहान ६ बजे देखि ११ बजेसम्म पसल सञ्चालन गर्दै आएका थिए । तर, अब प्रशासनले दिउँसो २ बजे सम्मका लागि पसल सञ्चालन गर्ने बताएको छ । प्रशासनले तरकारी तथा फलफूल, दुधजन्य पदार्थ खाना पकाउने ग्यास, कृषि मल तथा बिउविजनसम्बन्धी पसल, खाद्यान्न लगायतका अन्य पसल बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बताएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गएको वैशाख १४ गते रातिबाट लागू गरिएको निषेधाज्ञालाई निरन्तरता दिएको बताए । कोरोनाको दोस्रो लहर अत्यधिक मात्रामा फैलिएसँगै वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।