डोटीमा असार २० गतेसम्म निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट सुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ ।  

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए । 

थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ः ०० देखि ११ः ०० बजेसम्म खोल्न पाइने केन्द्रले जनाएको छ । 

यसैगरी, सार्वजनिक सवारीसाधन पनि जोर–बिजोर प्रणालीका आधारमा जिल्ला भर सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः ०० देखि दिउँसो १ः ०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । 

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया