अमेरिकामा भवन ढल्दा एकको मृत्यु, ५५ बेपत्ता

अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहरमा १२ तले भवन ढल्दा एक जनाको मृत्यु भएको छ । यसै गरी ५५ भन्दा धेरै मानिस बेपत्ता भएका छन् । 
यद्यपि दुर्घटना हुँदा भवनमा कति मानिस थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।

स्थानीय समय अनुसार बिहीबार मध्यराततिर भवन ढलेको थियो । भवन किन ढल्यो यस बारेमा अनुसन्धान भइरहेको छ । 

बेपत्ता भएकाहरूको खोजी जारी गरिएकाे छ । भवनमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

फ्लोरिडाका गभर्नरले यस घटनालाई नराम्रोको संकेत भएको बताएका छन् । 

भवन सन् १९८० मा बनेको थियो । जसमा २३० फ्लाट थिए । २३० मध्ये आधामा क्षति पुगेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 


 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ७:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया