कोरोनाले साँच्चै मृगौलामा असर पुर्‍याउँछ ?

कोरोना भाइरसको संक्रमण भएकाहरूमा विभिन्न खालका समस्या देखिरहेका छन् । पोस्ट कोभिडको समस्याबाट उनीहरू पीडित हुँदा अस्पताल धाउनेको संख्या पनि उत्तिकै छ । जसमा मृगौलामा समस्या परेको भन्दै अस्पतालसम्म धाउनेहरू पनि बढ्दो क्रममा छन् । के कोरोना संक्रमणले मृगौला फेल गराउँछ त ?

कोरोनाले सिधै मृगौलामा असर पुर्‍याउँदैन । निमोनिया भयो, प्रेसर घट्यो या कमजोर भयो । त्यसको प्रत्यक्ष असर मृगौलामा पर्छ नै, त्यसले मृगौला कमजोर बनाउने गर्छ । यसले गर्दा कोरोनाका कारण मृगौला पनि प्रभावित भएको मानिन्छ । मृगौला मात्र किन शरीरका अन्य अङ्ग समेत कमजोर हुन्छन् । 

तसर्थ कोरोना भएका बिरामीमा सिधै मृगौला फेलै हुन्छ भन्ने होइन । यसले घुमाउँरो पारामा असर गर्छ । निमोनिया भएपछि मुटुलाई र मुटुको कारण प्रेसर कम हुने, प्रेसर कम भएपछि मृगौलालाई पनि असर पर्ने, कोरोनाको टक्सिनले मृगौलालाई पनि असर पारिरहेको हुन्छ ।

केही बिरामीहरूमा प्रत्यक्ष प्रभाव पनि पारेको देखिन्छ । तर, धेरै जसो बिरामीमा शरीरको सन्तुलन बिग्रिएपछि मात्रै मृगौलामा प्रभाव बढी परेको देखिएको छ । सिधा पाराले थोरैलाई पार्छ भने घुमाउँरो पालाले धेरैलाई प्रभावित गरेको देखियो ।

यसले सामान्य खालका बिरामी र गम्भीर खालका संक्रमितको पनि मृगौलामा असर देखिन सक्छ । सामान्य खालका बिरामीमा पनि अक्सिजन सेचुरेटेड घट्यो, त्यो घटेपछि प्रेसर पनि घट्छ, अक्सिजन र प्रेसर घटेको प्रभाव त ब्रेनमा, मुटुमा, फोक्सोमा र मृगौलामा परिहाल्छ । 

यो समस्या पहिलादेखि नै मृगौला पीडित हुनुहुन्छ उहाँहरू भन्दा पनि कुनै समस्या नभएका तर, कोरोना संक्रमित भएका बिरामीमा बढी गम्भीर देखिएको छ । अहिलेसम्म उपचारको गर्न आउनेहरूको अध्ययन गर्दा यस्तो समस्या देखिएको छ ।



पहिला नै मृगौला फेल भएको बिरामीमा डायलाइसिस गरेपछि त्यो मान्छे बाँच्ने, तर कोरोना लागेर कसैको मृगौला बिग्रियो भने त्यो मान्छे बाँच्ने सम्भावना अत्यन्त न्यून हुने अवस्था देखिएको छ । आज डायलासिस गर्‍यो भने भोलिपल्ट नै मृत्यु भएका घटना पनि देखिएका छन् । यस्तो किन भइरहेछन्, हामी अचम्ममा परेका छौं ।

कुनै मान्छे चार दिन अगाडि राम्रै थियो, चार दिनपछि भने उसको एउटा अंग मात्र नभएर शरीरका धेरै भागमा असर परिसकेको हुन्छ । त्यसमा मुटु, फोक्सोदेखि मृगौलासम्म प्रभावित देखिएको छ । अन्तिम अवस्थामा उसको मृगौलाले काम नगरेको देखिएको छ ।



अरू अंगले बिस्तारै काम गर्न छोड्दै गर्दा मृगौलाले पनि काम गर्न छोड्यो भने त्यो मान्छे बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ । कोरोना भाइरसले सुरुमा अरू अंगहरूलाई कमजोर पारेर मात्र मृगौलामा आक्रमण गरेको देखिन्छ ।

मृगौलामा समस्या भएको कसरी थाहा पाउने ?

धेरै जसो प्रभावित हुने भनेका अस्पतालमा बसेका, आइसियु वा भेन्टिलेटरमा गएका बिरामीहरू हुन् । घरमा बसेकाहरूमा भने समस्या छ वा छैन भन्ने कुराका जानकारी हुन सक्दैन । अस्पतालमा भएका बिरामीको त परीक्षण हुन्छ, त्यही अनुसार कुन अंगमा समस्या भयो भन्ने जानकारी हुन्छ । तर, घरमा बसेकाहरूमा भने कस्तो खालको समस्या देखियो भन्न सकिने अवस्था छैन ।

कोरोना संक्रमणबाट मृगौलामा समस्या पर्ने नपर्ने भन्ने कुरा कोराना संक्रमणको भाइरस कति शरीरमा प्रवेश गर्‍यो भन्ने कुरा प्रमुख हुन्छ ।

कतिपय यस्ता पनि केस देखिएका छन्, घरमा कसैलाई कोरोना संक्रमण देखिएको छ । सबैको स्याहार सुसार गर्ने एक जनामात्र हुन्छन् । घरका सबैलाई निको हुन्छ । तर, कुरुवा बसेकालाई पछि कोरोना संक्रमण हुन्छ । संक्रमण भएपछि ऊ गम्भीर हुन्छ । किनकि उसको शरीरमा भाइरस बढी भेटियो, घरमा आराम गरेर बस्न पाएनन् । त्यसैले त्यो व्यक्ति गम्भीर बिरामी परेको देखिएको छ ।

सजग रहनका लागि आफ्नो मृगौलाको अवस्था कस्तो छ ? त्यसबारे ध्यान दिनुपर्ने हुन्छ । कोरोना लागेर निको भएको व्यक्तिमा कमजोरी हुन्छ । त्यो साइकोलोजीले मात्र हो कि फिजिक्कली पनि हो, त्यो हेर्नुपर्ने हुन्छ ।

कोरोनापछि मृगौला फेल हुनेको संख्या बढ्नेछ । यसले अब मृगौलालाई गम्भीर खालको असर पार्नेछ । 

त्यसबाट जोगिन समय समयमा मृगौलाको परीक्षण गराइराख्नु नै एक मात्र विकल्प हो । मृगौला परीक्षण गरेर त्यसको अवस्थाबारे जानकारी दिन सकिने र त्यही आधारमा सजगता अपनाउन सकिन्छ ।

(काफ्ले वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन्)

  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ९:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया