काठमाडौंमा टिप्परले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको गोकर्णेश्वर नगरपालिका-९ स्थित जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा संखुवासभा घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका खुर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछाप घर भइ गोकर्णेश्वर बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।