विपक्षीप्रति शंकर पोखरेलको टिप्पणी : आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहारियो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले विपक्षी गठबन्धनले आफूहरुलाई अग्लो देखाउनका लागि पूर्वराजालाई गुहारेको टिप्पणी गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउनका लागि नेताहरुले पूर्वराजालाई गुहारेको टिप्पणी गरेका हुन् । पोखरेलले विपक्षी गठबन्धनका तर्फबाट हिजो बिहीबार भएको सम्पादकहरू सँगको छलफलका क्रममा नेताहरुले बोलेको कुरालाई लिएर टिप्पणी गरेका हुन् । 

पोखरेलले विपक्षी गठबन्धनका तर्फबाट अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पूर्वराजालाई गुहार्न बाँकी रहेकामा त्यो पनि पूरा भएको बताएका हुन् । अब विपक्षीसँग अराजनीतिक कुनै खेल बाँकी नरहेको उनले बताए । 

पोखरेलले लेखेका छन्, 'राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?'





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १२:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया