प्रदीप खड्काको प्रश्न, ‘प्रचार नगरी सहयोग गर्न हुँदैन ?’

अभिनेता प्रदीप खड्का केही दिनयता चर्चाको विषय बनेका छन् । उनले केही दिनअघि कोल्ड ड्रिक्सको विज्ञापन गर्दै फेसबुकमा एक तस्बिर सार्वजनिक गरे । उनको त्यही तस्बिरलाई लिएर वहस सुरु भयो । एकाथरीले उनको विरोध गरे । अर्काथरीले बचाऊ ।

प्रदीपको विरोध गर्नेले प्रश्न गरे, ‘कोल्ड ड्रिंक्सको विज्ञापन किन गरेको ?’ समर्थन गर्नेले भने, ‘प्रदीपले विज्ञापन गर्ना साथै त्यसको प्रयोग गर्नैपर्छ भन्ने छैन ।’ केही मानिसहरुले यस्तो विषम परिस्थितिमा पनि सहयोग नगरी उल्टै कोल्ड ड्रिंक्सको प्रचारमा लागेको भनेर आलोचना पनि गरेका छन् ।

आफ्नो आलोचना गर्नेहरुलाई प्रदीपले उल्टै प्रश्न गरेका छन् । सोधेका छन्, ‘प्रचारबिना नै सहयोग गर्दा हुन्छ कि प्रचार गरेरै गर्नुपर्छ ?’ उनले अझैं अगाडि प्रश्न गरेका छन्, ‘आफ्नो सामर्थ्यभन्दा माथि सहयोग गर्न जरुरी छ ?’ 

प्रदीपले आफूले कसैलाई व्यक्तिगत रुपमा सहयोग जुटाउन आफूले अपिल गर्दा मद्दत हुने भए त्यो गर्न तयार रहेको र गरिरहेको बताएका छन् । उनले आफू प्रचारभन्दा माध्यमका रुपमा उपस्थित भएको बताएका छन् ।

प्रदीपले देशको यो विषम परिस्थितिमा आफू चुप लागेर लुकेर नबसेको जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘भारतमा कोभिडले चरम आतंक मच्चाउँदा नेपाली चलचित्रको लागि योगदान दिन तल्लिन भएरै काममा लागेको छु ।’ 

प्रदीपले अगाडि लेखेका छन्, ‘भाइरस आज होला, क्यान्सर कहिलेदेखि थियो । भ्याक्सिन बनाउने ठूलो होला तर क्यान्सरको औषधि पत्ता लगाउने पनि कम हुँदैनन् । ‘प्रेम गीत ३’ मार्फत नेपाली चलचित्र क्षेत्रको क्यान्सरको उपचार पत्ता लागोस् । प्रचार नगर्दा योगदानको मूल्यांकन हुन्न भने मेरो भन्नु केही छैन ।’



प्रदीपले सामाजिक काम गरेको देखाउन बन्द गर्न आवश्यक रहेको बताएका छन् । उनले एक प्रयोगकर्तालाई जवाफ दिँदै लेखेका छन्, ‘पैसा माग्दै आधा खल्तीमा हालेर आधा बाँड्दै हिड्न पर्छ भन्ने कहीँ छ ?’



  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १२:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया