सभापतिको उम्मेदवारमा सहमतिका लागि छलफलमा विमलेन्द्र, शशांक र प्रकाशमान

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटघाट भएको छ । नेता त्रयबीच छलफल जारी रहेको छ । 

कोइराला निवास महाराजगञ्जमा तीन नेताबीच छलफल भइरहेको हो । कांग्रेसको आगामी महाधिवेशनका लागि सभापतिको दौडमा रहेका नेता त्रय एकआपसमा सहमति गरी एकल उम्मेदवार बन्नका लागि विभिन्न चरणमा छलफल भइरहेका छन् । 

सोही छलफलको निरन्तरता स्वरुप आजपनि छलफल भइरहेको हो । नेता त्रयबीच महाधिवेशन र सभापतिको उम्मेदवार सँगसँगै समसामयिक राजनीतिक घटनाक्रममाथि पनि छलफल भइरहेको बताइएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १३:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया