हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा गौतम नियुक्त

चर्चित एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । वि.सं २०७० देखि नै प्रशासन विभाग प्रमुख रहेकी गौतमको प्रबन्ध निर्देशकमा पदोन्नति भएको हो । 

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधि एवं सम्पर्क व्यक्ति रहेको हाम्रो पात्रोले जनाएको छ । 

आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिन हाम्रो पात्रोले अनुरोध गरेको छ । 

हाम्रो पात्रोसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गर्न समेत उसले आग्रह गरेको छ । 

हाम्रो पात्रोले एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता पनि जनाएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १४:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया