सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरू सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि बढ्दा सहरी विकास तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो । सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाबाट पूर्ण वञ्चित गराएको भन्दै इन्जिनियरहरू आन्दोलित हुँदै आएका छन् ।
२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेका बेला सरकारको आह्वानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुनर्निर्माणलाई अगाडि बढाएको इन्जिनियरहरूको दाबी छ । देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेशिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् ।
भूकम्प पछिको पुनर्निर्माणको काम बाँकी रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरूले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।