\
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण देशैभर स्वास्थ्य सामग्रीको अभाव भइरहेको बेला खड्काले अस्पताललाई सहयोग गरेका हुन् ।
महामन्त्री खड्काले व्यक्तिगत रकमबाट प्रदेश अस्पताललाई ७२ किलोको १५ थान अक्सिजन सिलिन्डर, १० लिटरको २ थान अक्सिजन कन्सेन्ट्रेटर, १० थान अक्सिजन फ्लो मिटर, १० थान पल्स अक्सिमिटर, ५ हजार लिटर बराबर १० जर्किन सेनिटाइजर र ७ हजार ५०० पिस मास्क हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री शुक्रबार महामन्त्री खड्काका भाइ विष्णु बहादुर खड्का, बुहारी डा.सञ्जु खड्काले प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई हस्तान्तरण गरेका छन् ।
यस्तै, महामन्त्री खड्काकै पहलमा नेपाल चिकित्सक संघबाट १० लिटर क्षमता भएको २ वटा अक्सिजन कन्सेन्ट्रेटर र चौधरी फाउण्डेसनबाट १० लिटरको अक्सिजन कन्सेन्ट्रेटर २ थान समेत प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ । शुक्रबार नै एक्सपोर्ट फाउण्डेसनले १ थान अक्सिजन कन्सेन्ट्रेटर प्रदेश अस्पताललाई हस्तान्तरण गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।