कोरोना भाइरसको डेल्टा स्वरूप धेरै संक्रामकः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले कोरोना भाइरसको डेल्टा स्वरूप धेरै संक्रामक भएको बताएको छ । 

शुक्रबार भएको प्रेस वार्तामा डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहनोम गेहब्रेयससले गरिब देशमा भ्याक्सिन नमिल्दा डेल्टा स्वरूप फैलिएको जानकारी दिए ।

उनले धनी देशले गरिब देशलाई तत्काल भ्याक्सिन दिन नचाहेको आरोप पनि लगाएका छन् । उनका अनुसार डेल्टा स्वरूप करिब ८५ देशमा फैलिरहेको छ ।

डब्ल्युएचओले जारी गरेको रिपोर्टअनुसार अल्फा भेरियन्ट विश्वका १७० देशमा, बिटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ । 


 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ७:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया