बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेको दुई संक्रमितको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-८ की ५२ वर्षीया महिला र रोल्पा नगरपालिका-४ का ६० वर्षीय पुरुष रहेका छन् । 

हालसम्म बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ३५६ जनाले ज्यान गुमाइसकेका छन् । 

पछिल्लाे समयमा बाँकेमा संक्रमणदर घट्दै गइरहेकाे छ । अस्पतालमा पनि चाप घटेकाे छ ।





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ११:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया