सुधारगृहबाट भागेका चार बालकमध्ये एक पक्राउ, तीन अझै फरार
प्रतीकात्मक तस्वीर

विराटनगरस्थित बाल सुधार गृहबाट फरार भएका  चारजना बालकमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनी जबरजस्ती करणी मुद्दाकाे सजाय भाेगिरहेका झापा घर भएका बाल कैदी हुन् । 

तीन तला माथिबाट हाम फालेर फरार भएकामध्ये एक जनालाई प्रहरीले विराटनगरको दुध फार्मदेखि शनिबार पक्राउ गरेको हो ।

भागेका अन्य तीनजना अझैसम्म फरार रहेको बालगृहका इन्चार्ज मिलन चौहानले बताए।

फरार हुने तीनमध्ये दुई जना जबरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियार खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याइँकर्ता थिए ।

संखुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना फरार भएकाले खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए ।



सुरक्षा स्रोतका अनुसार शनिबार बिहान २ः५५ बजेतिर एकैपटक चार जना सुधारगृहको तीन तला माथिबाट हामफालेर भागेका थिए ।

कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बाल सुधारगृहमा राखिएका दुई जना अगिल्लो वर्ष पनि फरार भएका थिए । फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।



  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १४:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया