प्रचण्डको प्रष्टोक्ति : राष्ट्रपति राजाभन्दा बढी भयो भन्न खोजेको हो
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति अत्यधिक रबर स्ट्याम्प बनेको बताएका छन् । बानेश्वरमा पत्रकारहरुसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

विपक्षी गठबन्धनको तर्फबाट आयोजित पत्रकारसँगको छलफलमा बोल्दै प्रचण्डले आफूले यसअघि राजाकै शान बढी भनेर बोलेको विषयलाई गलत रुपमा अर्थ्याइएको बताए । उनले आफूले राजाको प्रशंसा नगरेको बताए । 

राजा फाल्नका लागि गरिएको आन्दोलनको नेतृत्वकर्ताले राजा राम्रो कुनै हालतमा भन्न नसक्ने प्रचण्डले बताए । उनले आफूले अहिलेको राष्ट्रपति राजाभन्दा पनि खराब भएको बताएको प्रष्ट पारे । 

तत्कालीन राजाले भन्दा अहिलेको राष्ट्रपतिले बढी खराबी प्रदर्शन गरेको प्रचण्डको भनाइ छ । उनले आफूहरु अहिले पदको लडाइँमा नभएको पनि प्रष्ट पारे ।

प्रचण्डले भने, ‘हाम्रो लडाइँ प्रधानमन्त्री पदका लागि होइन पत्रकार साथीहरु । यो पटक हामी कोही पनि प्रधानमन्त्री बन्न पाए वा सरकार बनाउन पाए भन्ने लोभमा छैनौँ ।





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १७:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया