रौतहटमा झडप : दोषीलाई पक्राउ नगरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

पानीको विषयमा कुटपिट गर्ने दोषीलाई पक्राउ गर्न माग गर्दै मौलापुर–१ मर्यादपुरका स्थानीय प्रदर्शनमा उत्रिएका छन्। 

भुवाली साहका परिवार लगायतले गम्भीर अवस्थामा रहेकी घाइते नयना देवीलाई प्रहरीको कार्यालयको प्राङ्गणमा राखेर प्रदर्शन गरिरहेका छन्।

मुख्य दोषी वडा नम्बर १ का अध्यक्ष रामप्रवेस यादवलाई अबिलम्ब पक्राउ गर्न उनीहरुले माग गरेका छन्। इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर राकेश यादवले घटनाबारे आवश्यक अनुसंधान भइरहेको  र दोषीको खोजी भइरहेको जानकारी दिए।

बिहान भएको झडपमा भुवाली साह र उनका परिवारका सदस्यसहित १ दर्जन घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। पीडितले रौतहटका सिडियो र एसपी मौलापुर नआएसम्म बिरामी रेफर नगर्ने अडानमा बसेका छन्। 

झडपमा अर्कापक्ष हृदय नारायण यादव पक्षमा पनि केही मानिसलाई चोट पटक लागेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ। अहिले पीडित पक्षका दर्जनौं मानिस प्रहरी कार्यालय अगाडि प्रहरी विरोध प्रदर्शन गरिरहेका छन्। अवस्था तनावग्रस्त छ। 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १८:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया