युरो कप : इटालीको कीर्तिमान
३१ औं अपराजित यात्रको खुसी मनाउँदै इटालीका खेलाडी । तस्बिर : एजेन्सी

युरो कप अन्तर्गत राति भएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अस्ट्रियाको जितसँगै अपराजित यात्रा ३१ खेलसम्म पुर्‍याएको उसले आफ्नो पुरानो रेकर्ड तोडेको छ ।

इटाली भिटोरियो पोजोको प्रशिक्षणमा सन् १९३५-१९३९ को बीचमा ३० खेलसम्म अपराजित रहेको थियो । 

रोवर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग १-० को पराजय बेहोरेको थियो । त्यसयताका ३१ खेलमा उसले २६ जित र ५ बराबरीको नतिजा निकालेको छ ।

इटालीले ११ खेलपछि पहिलो गोल बेहोरेको छ । उसले पछिल्लोपटक सन् २०१९ को अक्टोबरमा नेदरल्यान्डसँग १(१ को बराबरी खेलेको थियो ।

आफ्नो पुरानो कीर्तिमान भङ्ग गरेसँगै इटालीले अर्जेन्टिनाको ३१ खेलको अपराजित यात्रासँग पनि बराबरी गरेको छ । अर्जेन्टिना १९९१ देखि १९९३ को बीचमा ३१ खेलसम्म अपराजित रहेको थियो ।



सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान भने संयुक्त रूपमा ब्राजिल र स्पेनेको नाममा छ ।

ब्राजिलले सन् १९९३ देखि १९९६ र स्पेनले २००७ देखि २००९ को बीचमा ३५ खेलसम्मको अपराजित यात्रा तय गरेका थिए ।
 



  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार ५:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया