काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप गर्नेबारे निर्णय गर्नका लागि आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
अब थपिने निषेधाज्ञामा होटल, रेस्टुरेन्ट पनि खोल्न दिइने भइको छ । तर होटल तथा रेस्टुरेन्टमा बसेर खान भने पाइने छैन । सार्वजनिक यातायात तत्कालका लागि नखुल्ने भएको छ ।
अहिले निजी सवारी साधन जोर-बिजोर प्रणालीअनुसार चल्दै आएका छन् । पसल तथा सपिङ मलहरु बारको आधारमा खोल्न दिइएको छ ।
अहिले जारी निषेधाज्ञा १४ गते(भोलि)बाट सकिँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।