सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरीको कोसी गाउँपालिकामा बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम सडक खण्ड अन्तर्गत भाण्टाबारीमा माइक्रोबस, मोटरसाइकल र पिकअप भ्यान एक आपसमा जुध्दा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक, मोटर साइकलमा सवार विराटनगरका रामप्रसाद साह र पिकअप चालक विराटनगरकै अक्षय गुप्ता रहेको  प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मोटरसाइकल चालकको भने नाम खुलेको छैन । उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहान ७:४५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा३ख ७२२४ हायस माइक्रोले स६प ४६६१ मोटरसाइकल र को१च ९३६८ पिक अपलाई ठक्कर दिएको थियो । हायस चालक र सह चालक घाइते छन् ।

घाइते हुनेमा हायस चालक विदुर नगरपालिकाका दिवस तामाङ र सोही स्थानका  सह चालक नारायण बस्याल  रहेका छन् ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १०:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया