कमल थापा भन्छन्, 'राप्रपा महाधिवेशन भदौमा नै हुनुपर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन भदौमै हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत पार्टीको महाधिवेशन भदौमै हुनुपर्ने बताएका हुन् । 

अध्यक्ष थापाले अहिले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा माहोल तातेका समयमा राप्रपा गतिहीन हुन नहुने भन्दै आगामी भदौमा पार्टीको महाधिवेशन गर्नुपर्ने आफ्नो प्रष्ट धारणा रहेको बताएका छन् । 

थापाले हिन्दु राष्ट्र/राजसंस्थाको पक्षमा माहोल तातेको बेला सशक्त भूमिका खेल्नका लागि महाधिवेशन आवश्यक भएको धारणा राखेका हुन् । उनले राप्रपालाई अग्रणी शक्ति बनाउन महाधिवेशन भदौमै हुनुपर्ने बताए । 

अध्यक्ष थापाले ’तीनघोडे रथ’को गतिहीनता अन्त्य गर्दै फागुनमा हुने स्थानीय चुनावको तयारी गर्नका लागि तथा पार्टी एकता गर्दाको सम्झौता पालना गर्न पनि भदौमा पार्टी महाधिवेशन हुनुपर्ने बताएका हुन् । 

 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १३:३८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया