कुमार नगरकोटीद्वारा लिखित ‘कल्प-ग्रन्थ’ को वितरण सुरु

कुमार नगरकोटीद्वारा लिखित कथा संग्रह ‘कल्प-ग्रन्थ’ को वितरण सुरु भएको छ । 

पत्रकार तथा लेखक नारायण वाग्लेलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तकको वितरण सुरु भएको प्रकाशक बुक हिलले जनाएको छ । 

पुस्तक गत वर्षको चैतमै सार्वजनिक गर्ने बताइएको  थियो । कोरोना भाइरसका कारण वितरण रोकिएको थियो । 

पाठकबाट पूर्व भुक्तानी लिई ‘लिमिटेड इडिसन’ को रूपमा पुस्तक मुद्रण भएको थियो । 

बुक हिलले एक सातामा स्वदेश तथा विदेशका सबै पाठकमा पुस्तक वितरण गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । 

कल्प-ग्रन्थमा विभिन्न शैलीका ७० वटा प्रयोगात्मक कथा रहेका छन् । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १३:४६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया