बजारमा आउन थाले तीजका गीत

समय सहज भएको भए यतिबेला नेपाली सांगीतिक बजारमा तीजगीतको बाढी लागेको हुन्थ्यो । म्युजिक भिडियोका कलाकारदेखि गायक/गायिकासम्म निकै व्यस्त रहन्थे । तर गएको २ वर्षयता स्थिति सामान्य छैन । कोरोनाका कारण ठप्प रहेको मनोरञ्जन बजारमा तीजगीतको संख्या पनि उति साह्रो बढ्न पाएको छैन ।

तर निषेधाज्ञाको स्वरूप फेरिएसँगै तीज लक्षित गीत सार्वजनिक हुन थालेका छन् । यही क्रममा गायिका चन्द्रा आचार्यले ‘तम्रा मायाले’ बोलको तीजगीत सार्वजनिक गरेकी छिन् ।

पश्चिमी लोकशैलीको सार्वजनिक गीत लक्ष्मीप्रसाद गौतमले लेखेका हुन् । गौरव दर्पणले संगीत गरेको गीतमा सुरथ प्रधानको संगीत संयोजन सुन्न सकिन्छ ।

खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक दृष्यहरू समावेश गरी गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम र एन्जल कार्कीले अभिनय गरेका छन् ।

रमेश थापाले निर्देशन गरेको म्युजिक भिडियोमा छायांकन भने शिव ढकालको रहेको छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियो सम्पादन नहकुल खड्काले गरेका छन् ।  

गीत सुन्नुहाेस् 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १५:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया