वृन्दावन नगरपालिकाको पाँचौँ नगरसभा सम्पन्न
रौतहटका १८ वटा स्थानीय तहमध्ये १५ वटाको नगरसभा सम्पन्न, ३ वटाकाे अन्योलमै

रौतहटको वृन्दावन नगरपालिकाको पाँचौँ नगरसभा आइतबार सम्पन्न भएको छ । वृन्दावनको पाँचाैं नगरसभाले ५५ करोड ३४ लाख ४६ हजार कुल बजेट विनियोजन गरेको छ । 

संघीय सरकार तर्फबाट ससर्त अनुदान २१ करोड ६ लाख, वित्तीय सामान्यीकरणतर्फ १२ करोड ८५ लाख, राजश्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको वृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादवले बताए। 

त्यसैगरी प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८० लाख , वित्तीय सामान्यीकरण ८७ लाख १३ हजार , राजस्व बाँडफाँटतर्फ ३५ लाख , सम्पर्क अनुदान २० लाख र विशेष अनुदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको सो नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए । नगरपालिकाले यस वर्ष आन्तरिक आम्दानी भने ८ करोड संकलन गर्ने उल्लेख गरेको छ ।

वृन्दावन नगरपालिकाको नगरसभासँगै रौतहटका १८ वटा स्थानीय तहमध्ये १५ वटाको नगर सभा सम्पन्न भएको हो । अझै ३ वटा स्थानिय तहको नगरसभा अन्योलमै छ । जिल्लाको गरुडा, देवाही गोनाही र बौधिमाई नगरपालिकाको नगरसभा हुन सकेका छैनन् ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया