पछिल्लो २४ घन्टामा देशभर थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ९ हजार ८३६ जनाकाे नमुना परीक्षण गरिएकाे थियाे । जसमध्ये ६००० जनामा गरिएको पिसिआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएकाे एन्टिजेन परीक्षणमा ५६७ जनामा पुष्टि भएकाे थियाे । यससँगै देशमा संक्रमित हुनेको संख्या हालसम्म ६ लाख ६५ हजार ७७७ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ । २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।