खेलकुद महासंघको पहलमा खेलाडीले लगाए कोरोना भ्याक्सिन
राष्ट्रिय खेलकुद परिषदमा आइतबार खेलाडीलाई कोरोना भ्याक्सिन लागाउँदै स्वास्थ्यकर्मी ।

नेपाल खेलकुद महासंघको पहलमा खेलाडीहरूका लागि कोरोना खोप लगाइएको छ । 

राष्ट्रिय खेलकुद परिषदमा आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका खेलाडीलाई खोप लगाइएको महासंघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदको भवनमा खोप केन्द्र स्थापना गरी अभियानकै रूपमा खेलाडीलाई खोप लगाइएको वरिष्ट उपाध्यक्ष तथा खोप संयोजक पर्शुराम बस्नेतले जानकारी दिए । 

महासंघका प्रथम उपाध्यक्ष तथा खोप अभियान उप समितिका संयोजक सुभाष श्रेष्ठ, महासचिव मेघराज पौडेल उपमाहासचिव नन्दा बस्याल, रामकृष्ण खडका सान्तमाया परियार, सचिव उमेश केसी, बागमती अध्यक्ष सीताराम कार्की, उपत्यका सचिव केशव ओली लगायतले अभियानमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन् ।





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १७:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया