अमेरिकाको फ्लाेरिडा राज्यकाे मयामी सहरमा १२ तले भवन ढल्दा मर्नेहरूको संख्या बढेर ९ पुगेको छ । स्थानीय प्रशासनले अझै पनि १५० भन्दा धेरै मानिस बेपत्ता भएको बताएको छ ।
उद्धार कार्य जारी नै राखिएकाे छ । प्रशासनले धेरैभन्दा धेरै मानिसलाई बचाउने प्रयास गरिरहेकाे बताएकाे छ ।
गत बिहीबार मध्यरातितिर भवन ढलेको थियो । भवन किन ढल्यो अझैसम्म पनि पत्ता लाग्न सकेको छैन ।
भवन सन् १९८० मा बनेको थियो । जसमा २३० फ्लाट थिए । २३० फ्लाटमध्ये आधामा असर पुगेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उद्धारकर्मी घटनास्थलमा ठुला-ठुला मेसिन, ड्राेन र तालिमप्राप्त कुकुरकाे सहायताले मानिसकाे खाेजी गरिरहेका छन् । शनिबार आगलागी हुँदा एकैछिन काम राेकिएकाे थियाे ।
दुर्घटनामा परी बेपत्ता हुनेहरूमा इजरायल र ल्याटिन अमेरिकाका मानिस पनि रहेका छन् । उद्धार गरिएका मानिसलाई हाेटलमा खानपिन र बसाेबासकाे व्यवस्था गरिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।