भारतमा थप ४६ हजार संक्रमित, ९७९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा छिमेकी मुलुक भारतमा थप ४६ हजार १४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा भारतमा थप ९७९ जना संक्रमितले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा ५८, ५७८ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । भारतमा अहिले ५ लाख ७२ हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म भारतमा ३ लाख ९६ हजार ७३० जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड २ लाख ८९ हजार ३३१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितका हिसाबले भारत अमेरिकापछि दाेस्राे स्थानमा छ भने मृत्युका हिसाबले अमेरिका र ब्राजिलपछि तेस्राे स्थानमा रहेकाे छ । 

भारतमा ३२ करोड ३६ लाखले भ्याक्सिन लगाइसकेका छन् । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १०:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया