शाहरुखकाे 'पठान' कहिले रिलिज हुँदैछ ?

बलिउड अभिनेता शाहरुख खानको जासुसी ड्रामा ‘पठान’ले रिलिज मिति घोषणा गरेको छ । चलचित्र सन २०२२ को इदमा रिलिज हुनेछ । छायांकनकै क्रममा रिलिज डेट सार्वजनिक गरेको चलचित्र कोरोना कहरका कारण स्थगित गरिएको थियो । रिलिज मिति घोषणासँगै फिल्म पुन: छायांकनमा गएको छ ।

‘पठान’ सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यही चलचित्र मार्फत शाहरुख दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हुन् । उनी सन् २०१८ मा प्रदर्शन भएको ‘जिरो’बाट अपेक्षित सफलता नपाएपछि ठूलो पर्दाबाट टाढिएका थिए ।

चलचित्र ‘पठान’मा शाहरुखका साथमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहमको भूमिका रहेको छ । चलचित्रमा सलमान खानको पनि ‘स्पेसल इन्ट्री’ रहने जनाइएको छ ।





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार ११:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया