नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मदन जयन्तीको अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालले गरेको आव्हानलाई लिएर उनीमाथि कटाक्ष गरेका छन् ।
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत बाँस्कोटाले एमाले एकता र अहिलेको परिस्थितिका विषयमा वरिष्ठ नेता नेपालमाथि कटाक्ष गरेका हुन् ।
मदन जयन्तीको अवसरमा सोमबार नेता नेपालले मदनलाई श्रद्धाञ्जलि दिँदै वृहत कम्युनिष्ट एकताको आह्वान गरेका थिए । सोही विषयलाई लिएर बाँस्कोटाले नेपालमाथि व्यङ्ग्य गरेका हुन् ।
बाँस्कोटाले लेखेका छन्, 'जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गरेको रहेछ । कुरा राम्रै हो ।'
मदनलाई श्रद्धाञ्जलि दिँदै उनले थप लेखेका छन्, ‘तर, सग्लो पार्टी धुजा धुजा पार्न बुर्कुसी मार्नेले एमाले एकतावद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ? कन्फ्युज्ड भैयो ।'
जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नया शिराबाट एकिकृत गर्नआह्वान गरेको रहेछ।कुरा राम्रै हो।तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो? कन्फ्युज्ड भैयो।जननेताप्रति श्रदान्जली!
— Gokul Prasad Baskota (@GokulPBaskota) June 28, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।