काठमाडौं उपत्यकामा खुल्यो सार्वजनिक सवारी

कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण बन्द रहेको सार्वजनिक सवारी खुल्ने भएको छ । उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी खुल्ने भएको हो । 

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सार्वजनिक सवारीलाई खुलाउने निर्णय गरेको हो । 

२५ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीलाई भौतिक दूरी कायम हुनेगरी आधा क्षमतामा सवारी सञ्चालनको अनुमति दिने निर्णय भएको हो । 

यससँगै, उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । मापदण्ड थप खुकुलो बनाउँदै निषेधाज्ञा एक साताका लागि थपिएको हो । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १२:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया