भ्वाइस अफ नेपालका प्रतिस्पर्धीको स्वरमा ‘नदेखिन्या घाउ’ सार्वजनिक

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनका दुई प्रतिस्पर्धीले गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरेका छन् । प्रतियोगीमध्येका धर्मेन्द्र सुनार र किरण गजमेरको युगल गायनमा पश्चिमेली भाकाको झल्को दिने ‘नदेखिन्या घाउ’ बोलको गीत सार्वजनिक भएकाे हाे । 

सार्वजनिक गीत लेखु सहयात्रीले लेखेका हुन् । करणराज कार्कीले संगीत गरेको गीतमा देवेश राईले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

मौसम हिमालीले निर्देशन गरेको गीतको म्युजिक भिडियो पिटर गुरुङले खिचेका हुन् । विष्णुहरि तिमिल्सिनाले भिडियो सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल, देवेन्द्र बब्लु र संगीता थापाले अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया