पक्राउ परेका हाम्रो टिम नेपालका युवा रिहाइको माग गर्दै पल शाह

हाम्रो टिम नेपालसँग मिलेर सामाजिक कार्य गरिरहेका अभिनेता पल शाहले सोमबार पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का युवालाई तत्काल रिहा गर्न माग गरेका छन् । अनामनगरबाट सोमबार बिहान नि:शुल्क खाना वितरणको तयारी गरिरहेका ‘हाम्रो टिम नेपाल’ का २५ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

हाम्रो टिम नेपालको कार्यालय काठमाडौं महानगरपालिकाले भत्काउने क्रममा अवरोध गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । अनामनगरस्थित युनियन हाउस नजिकैको टहरामा रहेको कार्यालय काठमाडौं महानगरपालिकाले भत्काएको हो । उक्त ठाउँमा पार्क बनाउने भन्दै यसअघि नै हाम्रो टिम नेपाललाई खाली गर्न निर्देशन दिएको थियो ।

पलले उनीहरूको रिहाको माग गर्दै फेसबुकमा लेखेका छन्, ‘कोरोना माहामारीको बेला निःशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भूकम्प, बाढी, पहिरो जाँदा रातदिन नभनी जनसेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरूलाई तत्काल रिहा गरियोस् ।’





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया